साहित्यपोस्ट डट कम

गोविन्दराजकाे तिमिल्सेना चार मुक्तक

गोविन्दराजकाे तिमिल्सेना चार मुक्तक

१.

उनकै यादले सताउँछ अचेल, बाँच्नै सकिन्न

यस्तै रहेछ यो पिरतीको खेल, बाँच्नै सकिन्न

जुनीभर सँगै जिउने-मर्ने बाचा कसम हाम्रो

भयो भने मायामा जालझेल, बाँच्नै सकिन्न ।

२.

मनकी प्रेयसीलाई रुन दिन्नँ कहिल्यै

एकछिन पनि टाढा हुन दिन्नँ कहिल्यै

आफू दुःखी भएर पनि सुखी बनाउँछु

साँच्चै आँसुले मुख धुन दिन्नँ कहिल्यै ।

३.

“तिमी हौ दिलको राजा पाउँछु” भनेपछि

“राति–राति मलाई भेट्न आउँछु” भनेपछि

म पनि तिम्रो पिछा कसरी छोड्न सक्थेँ र

“जुनी जुनी चोखो माया लाउँछु” भनेपछि ।

४.

सजिलै रूपमा ढलाइदिन्छु, ढाल्नुपर्छ

भने निभाउनु हुन्न मायाको दीप, बाल्नुपर्छ

भने; साँच्चै अब अरूसँग साइनो जोडेर के काम

जिन्दगीभर तिमीलाई नै अङ्गाल्नुपर्छ भने ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.