साहित्यपोस्ट-नपढी सुखै छैन...

गोविन्दराज तिमिल्सेनाकाे तीन मुक्तक

गोविन्दराज तिमिल्सेनाकाे तीन मुक्तक

१.

थाहै नदिई छोडिदियौ सहर गएपछि

अन्तै बाटो मोडिदियौ सहर गएपछि ।

कहिल्यै नटुट्ने हाम्रो अटुट सम्बन्ध

कुन्नी किन तोडिदियौ सहर गएपछि !

२.

भाग्यमा छैन, मन ठोकी चित्त बुझाउँला

चलेको यात्रा यहीँ रोकी चित्त बुझाउँला ।

स्वार्थी सहरमा गएर बस्न कत्ति सक्दिनँ

बरु गाउँमै भारी बोकी चित्त बुझाउँला ।

३.

तपाईँले अनेकथरी जान्नुभयो ठिकै छ

मलाई दुश्मन सरह मान्नुभयो ठिकै छ ।

सायद अब भन्नुपर्ने केही गुनासो छैन

आफन्त थिएँ, पराई ठान्नुभयो ठिकै छ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.