साहित्यपोस्ट डट कम

ग्लोबल मनी वीकमा वित्तीय साक्षरता

ग्लोबल मनी वीकमा वित्तीय साक्षरता

एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।

युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमका क्रममा सहभागीहरुलाई वचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजनासम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

बैंकद्वारा सञ्चालन गरिएका वित्तीय साक्षरता कार्यक्रममार्फत चार हजारभन्दा बढी सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

ग्लोबल मनी वीक २०२६ को अवसरमा बैंकले देशका विभिन्न स्थानहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी तथा जनचेतनामूलक र्‍यालीहरू पनि आयोजना गरेको छ । साथै बैंकले सामाजिक सञ्जालमार्फत वित्तीय सचेतनासम्बन्धी विभिन्न जानकारीमूलक सामग्रीहरू समेत साझा गरेको छ ।

एनएमबि बैंकले हाल देशभरि २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.