साहित्यपोस्ट डट कम

गीत: यसपालि त मलाई पनि ठिटै हुने मन छ

गीत: यसपालि त मलाई पनि ठिटै हुने मन छ

हिमाल, पहाड, तराई, मधेस एउटै कुरा भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ ।

गाउँ, सहर, बस्ती–बस्ती एउटै स्वरमा भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ।

उल्झिएको साङ्ले गाँठो फुकाउँछौँ भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ।

विसङ्गति, बेथितिलाई चिर्छौँ–चिर्छौँ भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ।

आशा, ऊर्जा, भरोसा बढाउँछु भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ ।

जातजाति, संस्कृति सबै जोडौँ–जोडौँ भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ ।

गाईसरि साधु–सन्त शङ्खनादले भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ।

शास्त्रीय, लोक र आधुनिक गीत–सङ्गीत भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ ।

मेचीदेखि महाकाली दूरदराज भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ।

विश्वव्यापी फैलिएको नेपाली समाज भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ।

बाजे–बज्यै, बुबा–आमा दाजु–बहिनी भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ ।

खुम्चिएर, कुप्रिएर कति बसौँ भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ।

कुशासन र कुकर्म सबै अब सहन्न भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ ।

सगरमाथा शिखरबाट बुद्धवाणी भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ ।

चार जात, छत्तिस वर्ण एउटै स्वरमा भन्छ

यसपालि त मलाई पनि ठिटै हुने मन छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.