साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : तृष्णाको भवचक्र

गीत : तृष्णाको भवचक्र

एक्लै जिउन बानी परेँ नआउनू याद दिलाउन

खडेरीको पालुवा हुँ, नआउनू प्यास पिलाउन !!

जीवनको अत्यास यो, भोगेको छु संन्यासीझैँ

चुँडेको तार सितारको, बर्बराउँछु वैरागीझैँ

खडेरीमा वर्षातको बुँदले सन्त्रास पिलाउन

नआउनू एकान्तमा, अतृप्त प्यास पिलाउन !!

लाग्दैन सुर आज बेसुरमै गुनगुनाउँछु

अतृप्त तृष्णाको भवचक्रमा भुन्भुनाउँछु

नआउनू यो लालसाको भुमरीमा मिलाउन

वेदनाले चिरिएको हृदयलाई सिलाउन !!

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.