साहित्यपोस्ट डट कम

गीत : तर तिमी रुँदा म पनि त रुन्छु

गीत : तर तिमी रुँदा म पनि त रुन्छु

म सक्दिनँ हाँस्न जब तिमी रुन्छ्यौ

वेदना लुकाई जब चुप हुन्छ्यौ

म त छैन लायक तिम्रो आँसु पुछ्न

तर तिमी रुँदा म पनि त रुन्छु ।

नजानिनजानी म त्यो दिल दुखाउँछु

तिमी चुप रहेरै आँसु चुहाउँछ्यौ

म बुझ्दिनँ भाषा तिम्रो मौनताको

तर तिमी रुँदा म पनि त रुन्छु ।

सबै गल्ती मेरा अब बिर्सिदेऊ

नबोली मसँग प्रतिशोध नलेऊ

म सक्दिनँ सायद तिमीलाई हँसाउन

तर तिमी रुँदा म पनि त रुन्छु।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.