साहित्यपोस्ट डट कम

गीत: तिमी एउटा भूगोलमा

गीत: तिमी एउटा भूगोलमा

तिमी एउटा भूगोलमा, म छु अर्कै सागरपारि

सम्झनामै बाँच्नुपर्ने, कस्तो माया रैछ बरै !

कति बिताऊँ एक्लो जीवन, सुनसान यो परदेशमा

तिमी फुल्यौ क्षितिजपारि, म बासना टिपूँ कहाँ ?

उजाड यो पिरतीको कथा कसले रच्यो फेरि ?

सम्झनामै बाँच्नुपर्ने, कस्तो माया रैछ बरै !

टाढा भनूँ नजिक लाग्छ, नजिक भनूँ भेट हुँदैन

सँगै बस्ने रहर थियो, बसौँ भोक मेटिँदैन ।

पिरतीको बाटो यस्तो हुन्छ किन वारिपारि ?

सम्झनामै बाँच्नुपर्ने, कस्तो माया रैछ बरै !

तिमी एउटा भूगोलमा, म छु अर्कै सागरपारि

सम्झनामै बाँच्नुपर्ने, कस्तो माया रैछ बरै !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.