इलामको माइपोखरी, डुङ्गा सवार गर्दै ।
वरिपरि किवी खेती, स्वाद मिठो फेर्दै ।।
जिन्दगीको बहारमा तिमीसँग खेल्दा ।
प्रकृति नै रमाउँछ, हाम्रो जोडी मिल्दा ।।
काली तिमीलाई देख्दा मनै, तिल्मिलाउँदै गयो ।
झ्याउपोखरी, चियाबारी, घुम्दा भेट भयो ।।
थुम्केडाँडा, सिद्धिथुम्का, सूर्यास्त देखियो ।
टाढैबाट सन्दकपुरले माया पोखिदियो ।।
जहिलेसुकै अन्तु इलाम, तिम्रो घुम्टोभित्र ।
प्रकृतिले रमाउँदै, खिच्छ हाम्रो चित्र ।।
लुम्बिनी र सगरमाथा, संसार तान्ने नाउँ ।
नेपालमा रैछन् साँच्चै, स्वर्गजस्ता ठाउँ ।।
शब्द संयोजन: देवी गौतम

