साहित्यपोस्ट डट कम

गीत: सम्मान गर्नुको साटो

गीत: सम्मान गर्नुको साटो

मनको बेमेल किन गर्छौ, आपसमा किन गर्छौ फाटो ?

सम्मान गर्नुको साटो, हिँड्छौ किन प्रतिवादको बाटो ?

बोटअनुसारको फल हुन्छ, खुराकअनुसार बल हुन्छ

सकारात्मक भयौँ भने, परिणाम डबल नै फल्छ ।

उब्जनीलाई मिल्दो माटो, सबै उस्तै हुँदैनन् पाटो

सम्मान गर्नुको साटो, हिँड्छौ किन प्रतिवादको बाटो ?

जस्तो गुरु उस्तै चेला, सोच्नुपर्छ गुरु छान्ने बेला

भुइँको टिप्न लोभ गर्दा, पर्ला नि अरूकै फेला ।

सानो लोभले ठुलो घाटो, नबनाऊ आफैँलाई टाटो

सम्मान गर्नुको साटो, हिँड्छौ किन प्रतिवादको बाटो ?

बाबुगुनाको बालो हुन्छ, समयअनुसार पालो हुन्छ

आमागुनाको बुद्धि हुन्छ, कर्मअनुसार सिद्धि हुन्छ ।

मन मिलेपछि सबै सजिलो, किन चाहियो फाटो ?

सम्मान गर्नुको साटो, हिँड्छौ किन प्रतिवादको बाटो ?

राम्रो कर्मको मीठो फल, ढिलो भए पनि पर्छ हात

सम्मानको बाटो रोजेपछि, हुन्छ मीठो जीवन–बात ।

विश्वास र सम्मानले नै, बलियो बन्छ सबै नातो

सम्मानको बाटो रोजौँ, छोडौँ अब प्रतिवादको बाटो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.