साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : रोई फाइदा के ? आऊ रमाऔँ

गीत : रोई फाइदा के ? आऊ रमाऔँ

परीक्षा लिँदै छ अब जिन्दगीले

स्वीकारौँ दियो जे–जति नियतिले

हाँस्दै खियाऔँ जिन्दगीको नाउ

रोई फाइदा के ? आऊ रमाऔँ ।

जिन्दगी हो जिउन, रुनलाई होइन

सधैँ सुख मात्र कहीँ पनि छैन

हाँसेर दुःखलाई पनि सुख बनाऔँ

रोई फाइदा के ? आऊ रमाऔँ ।

हामी रोए दुनियाँ उपहास गर्छ

हामी हाँसे वैरीको पनि मेख मर्छ

हाँसेर दुःखमा पनि सुख मनाऔँ

रोई फाइदा के ? आऊ रमाऔँ ।

जिन्दगीमा यस्तो सबैलाई पर्छ

स्वीकारे खुसीले सबै दुःख टर्छ

पुछिदिन्छु आँसु अब मुस्कुराऊ

रोई फाइदा के ? आऊ रमाऔँ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.