निधारमा रातो टीका थियो, मुहार हेर्दा ठिक्कै थियो
कुरा सुन्दा दिक्कै लाग्ने, गुनासो उनको निकै थियो ।
बगैँचा सधैँ खाली हुँदा, रेखदेख गर्ने माली छैन
तोरीका दानामा प्वाल खोज्ने, उनको बानी जानै छैन ।
खुत्रुक्क पार्ने कुरा सुन्दा, पहिरो आउने जस्तै थियो
कुरा सुन्दा दिक्कै लाग्ने, गुनासो उनको निकै थियो ।
ढुक्कै भन्न नसक्ने कुरा, दुविधाको जाल बुन्दै हिँड्ने
समयको महत्त्व नबुझी, नजाने बाटो सोध्दै हिँड्ने ।
भान्सामा झाइँझुई निकै थियो, खाने बेलामा ठिक्कै थियो
कुरा सुन्दा दिक्कै लाग्ने, गुनासो उनको निकै थियो ।
बाहिर रूपको चमक धेरै, भित्र मनको के हालत !
नजिक भई कुरा गर्दा, खुल्यो सबै वास्तविकता ।
मुस्कान उनको उस्तै थियो, संसार राम्रो जस्तै थियो
कुरा सुन्दा दिक्कै लाग्ने, गुनासो उनको निकै थियो ।