साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : नफल्ने खेतीलाई किन गर्छौ हतारो

गीत : नफल्ने खेतीलाई किन गर्छौ हतारो

नझर्ने फललाई किन हान्छौ झटारो

नबस्ने भए किन चिन्छौ चौतारो

नफल्ने खेतीलाई किन गर्छौ हतारो

नतिर्ने भए किन माग्छौ उधारो ।

नहिँड्ने बाटोमा किन खन्छौ गोरेटो

नफर्किने मान्छेलाई किन लेख्छौ चिर्कटो

नआउने मान्छेलाई किन हेर्छौ फर्केर

नपाउने साथलाई बस्छौ किन पर्खेर ?

नफल्ने खेतीलाई किन गर्छौ हतारो

नतिर्ने भए किन माग्छौ उधारो ।

नभिज्ने मनलाई किन दिन्छौ ओत

नबल्ने दियोमा किन हाल्छौ घिउ-घोत

नझुक्ने हाँगामा किन खोज्छौ छहारी

नभेट्ने मायाको किन लिन्छौ पिर भारी ?

नफल्ने खेतीलाई किन गर्छौ हतारो

नतिर्ने भए किन माग्छौ उधारो ।

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.