पुरुष: यसो होला उसो होला भन्दै, बिना मेसो अल्मलियो काम,
लौ न नि ! मायामा आगो लाग्यो,
मया कुवा खन्न जाम, मया! कुवा खन्न जाम।
महिला: यसले गर्दा उसले गर्दा भन्दै, हुँदै भएन हाम्रो काम
लौ न नि ! मायामा आगो लाग्यो
मया पानी खोज्न जाम, मया! पानी खोज्न जाम ।
पुरुष: तिम्लाई हेर मलाई हेर, समय नि गयो खेर
बेला पनि बित्नै लाग्यो, काम छैन पर्खिएर ।
पख पख भन्दा भन्दै, बिना मेसो अल्मलियो काम
लौ न नि ! मायामा आगो लाग्यो
मया कुवा खन्न जाम, मया! कुवा खन्न जाम ।
महिला: काम–कुरो एकातिर तिमी हिँड्छौ अर्कैतिर
आँखा मात्र यतैतिर ध्यान तिम्रो कतातिर ?
होला होला भन्दा भन्दै, हुँदै भएन हाम्रो काम
लौ न नि ! मायामा आगो लाग्यो
मया पानी खोज्न जाम, मया! पानी खोज्न जाम ।
पुरुष: दुनियाँलाई नभनेरै आकाशको जुन छुनु
दुनियाँलाई देखाएर एकनम्बरी सुन हुनु ।
पख पख भन्दा भन्दै, बिना मेसो अल्मलियो काम
लौ न नि ! मायामा आगो लाग्यो
मया कुवा खन्न जाम, मया! कुवा खन्न जाम ।
महिला: दुनियाँका तीता कुरा सुन्ने तिम्रो ध्यान नै हो
करेला र तितेपालीसँगै हुर्केको यो ज्यान नै हो ।
होला होला भन्दा भन्दै, हुँदै भएन हाम्रो काम
लौ न नि ! मायामा आगो लाग्यो
मया पानी खोज्न जाम, मया! पानी खोज्न जाम ।