साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : मरिसके छु, अझै नमार

गीत : मरिसके छु, अझै नमार

मरिसके छु, अझै नमार

मर्दैन मुर्दा आँसु नझार

त्यो हाँसो पनि, धिक्कार लाग्छ

तड्पिँदा एक्लै यो अवसादमा

फिर्ता लगिदेऊ बिन्ती त्यो नासो

म एक्लै छु पलपल ! यो विषादमा !

यो इखमा भो विष नझार

निर्दोषी छु भो दोष नपार !!

सपना चुँडायौ यो मध्यरातमा

खोज्दै छु देश म यो दसगजामा

विन्ती यो मेरो देशलाई भनिदेऊ

दुख्दछ देश हर ऐठन ऐठनमा

म विश्व मानव हुँ, सिमाना नबाँध

यज्ञ मर्दैन मुर्दा आँसु नझार

ट्याग: वेदिका
साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.