साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : मलाई नयाँ पाठ सिकायौ

गीत : मलाई नयाँ पाठ सिकायौ

जिन्दगीमा गरेको छु धेरै
धेरै भूलहरू
तिमीलाई माया गर्नुजस्तो
भएन ठुलो भूल अरू ।
पैसामा माया बिकायौ
मलाई नयाँ पाठ सिकायौ ।

माया हुँदो रहेनछ
किताबमा लेखेजस्तो
मान्छे खाने दुनियाँमा
माया भयो धेरै सस्तो ।
स्वार्थमा माया टिकायौ
मलाई नयाँ पाठ सिकायौ ।

जस्तो थिएँ उस्तै हुन्थेँ
अर्कै बनाउन आयौ
जब स्वार्थ पूरा भयो अनि
आफ्नो बाटो लायौ ।
बेइज्जतीको झ्याली पिटायौ
मलाई नयाँ पाठ सिकायौ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.