साहित्यपोस्ट डट कम

गीत: मैले हारेको इतिहास

गीत: मैले हारेको इतिहास

मैले गीत लेखिनँ म हारेको इतिहासको

मैले प्रीत लेखिनँ म सहेको उपहासको।

मैले हारेको इतिहासमा सुनाखरी फुल्दै होला

मैले सहेको उपहासमा मैनाचरी झुल्दै होला ।

मैले लेखिनँ कथा मेरो अलिखित इतिहासको

आफ्नो जीवन आफैँलाई पीडा दिने परिहास भो ।

शिलालेखमा खोपिँदैन हार्नेको गीतिकथा

स्मृतिमा बाँचेको छैन जिन्दगीको कथा-व्यथा ।

बिर्सिदिनु कसै गरी म हारेको इतिहासको,

नलेखियोस् मेरो कथा तिरस्कार र उपहासको !

नलेखियोस् मेरो कथा अपमान र उपहासको !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.