साहित्यपोस्ट डट कम

गीत: मैले गाउने गीतभित्र

गीत: मैले गाउने गीतभित्र

मैले गाउने गीतभित्र, तिम्रै शब्द भरेकी छु

छातीभित्र नमेटिने, तिम्रै चित्र कोरेकी छु ।

नभुलाऊ त्यो मन कतै, नडुलाऊ आँखाहरू

तिमी नै हौ मेरो आधार, म त तिम्रै भर परेकी छु

म त तिम्रै भर परेकी छु ।

तिमी भए जीवनमा, चाहिँदैन अरू केही

तिमी नै हौ मेरो संसार, तिमीबाहेक छैन कोही ।

झर्न नदेऊ शीतको थोपा, मर्न नदेऊ रहरहरू

तिमी नै हौ मेरो आधार, म त तिम्रै भर परेकी छु

म त तिम्रै भर परेकी छु ।

यात्रा हो रे जीवन यो, बाटो आफैँ खोजेकी छु

एक्लै हिँड्न गाह्रो हुँदा, साथ तिम्रो रोजेकी छु ।

नचुँडाऊ मनको नाता, नछुटाऊ साथ मेरो

तिमी नै हौ मेरो आधार, म त तिम्रै भर परेकी छु

म त तिम्रै भर परेकी छु ।

मैले गाउने गीतभित्र, तिम्रै शब्द भरेकी छु

छातीभित्र नमेटिने, तिम्रै चित्र कोरेकी छु ।

नभुलाऊ त्यो मन कतै, नडुलाऊ आँखाहरू

तिमी नै हौ मेरो आधार, म त तिम्रै भर परेकी छु

म त तिम्रै भर परेकी छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.