साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : खोलीले सागर भेट्ला कि

गीत : खोलीले सागर भेट्ला कि

खोलीले सागर भेट्ला कि, बगरको कथा लेख्ला कि

किनारा आफ्नो सम्झिँदै सुदूर मुहान देख्ला कि !

छोरीलाई देश छोडेर भूगोलपारि हुनेलाई

भूगोलको पश्चिम कुनामा, छाती चिरेर रुनेलाई

खोलीले सागर भेट्ला कि, स्वप्नले सगर देख्ला कि

देशमा छोरी रोएको जङ्घारले कतै छेक्ला कि !

पराई भूमिमा घोटिँदा, ऐठन कति हुँदो हो !

माइती आँगन सम्झिँदा, चेलीको मन रुँदो हो

आँसुले आशा भेट्ला कि, हाँसोको भाषा लेख्ला कि

सपनाको सहर–सगरले, मनको तार छेक्ला कि

किनारा आफ्नो सम्झिँदै सुदूर मुहान देख्ला कि !

ट्याग: वेदिका
साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.