साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

गीत: जङ्गलको यात्री हुँ म

गीत: जङ्गलको यात्री हुँ म

जङ्गलको यात्री हुँ म, जङ्गलै हो घर

जङ्गलभन्दा पर मेरो छैन संसार ।

मिर्मिरेमा हावा चल्यो, कोइली करायो

मलाई त मेरै जीवन लाग्छ रमाइलो ।

कथा होइन मेरो जीवन, किताबमा पढेजस्तो

सपनामा पौडिएर महासागर तरेजस्तो ।

म पनि त मानिस हुँ, हेर मलाई

बाँचेको छु जङ्गलमा, सधैँ रमाई ।

मिर्मिरेमा हावा चल्यो, कोइली करायो

मलाई त मेरै जीवन लाग्छ रमाइलो ।

कस्तो हुन्छ जाडो–गर्मी, कस्तो हुन्छ भोक ?

परिश्रमी पाखुरी छन्, छैन केही रोग ।

आधा शरीर ढाकेको छु, आधा छ नाङ्गै

सुख–दुःख जे भए नि, आमा नेपालकै ।

मिर्मिरेमा हावा चल्यो, कोइली करायो

मलाई त मेरै जीवन लाग्छ रमाइलो ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.