जिन्दगीको दर्शन कस्तो, निराशा कथा जस्तो
चहर्याएको घाउ कस्तो, सुस्केराको व्यथा जस्तो ।
उजेलीमा आधा धरा, अँधेरीमा आधा आकाश
पानी भर्ने पँधेरीमा जिन्दगीको पहिलो प्रकाश ।
जिन्दगी यो कस्तो कस्तो, किनाराको कथा जस्तो
मृत्युको यो दोसाँधमा मिलनपछि वियोगजस्तो ।
आमाघरमै अस्तित्वको सिर्जना र वियोग सँगै
जन्मेपछि मर्नै पर्ने प्रकृतिको नियोग सँगै ।
सङ्गतिमा विसङ्गति, अस्तित्वको कथा कस्तो
यता घाम — उता छायाँ, नियतिको न्याय कस्तो
यता मन उता माया, जिन्दगीको छाया कस्तो !!

