जीवन गीत सुनेँ सुसाइरहेको पातमा
मुटुभरि प्रीत बुनेँ हुँदा तिम्रो साथमा ।
फूल उपहार तिमीलाई दिन खोज्दा
केवल काँडा र चोटहरू रह्यो हातमा ।
भागेर कहाँ जानु छायाभन्दा टाढा
हुँदोरहेछ बिछोड मायाभन्दा गाढा ।
टहटह उज्यालो ज्योति लिन खोज्दा
केवल काला ताराहरू रह्यो हातमा ।
लाखौँभन्दा एउटा नै खास हुन्छन्
जादुभन्दा त देउता नै खास हुन्छन् ।
ठेस नै नलागे हिँड्नु के मज्जा छ र ?
कोही मानिस नहुँदा नै खास हुन्छन् ।

