साथी छुट्यो, कापी छुट्यो, पढ्न पाउने हो कि होइन !
आफ्नै भाग्य फुटीगयो, बाँच्न पाउने हो कि होइन
ठूला ठूला कानुनमा बालहक, अधिकार छ
बालबस्तीमा आगो झोस्ने, नियतिलाई धिक्कार छ
साथी छुट्दा, गुरु छुट्दा, छुट्दा आफ्नै गुरुआमा
भविष्य नै अँध्यारो छ बाँच्न पाउने हो कि होइन !!
ऐठन हुन्छ सपनामा पढ्ने किताब जल्दाखेरी
हुरी चल्दा झुपडीमा, मेरी आमा ढल्दाखेरी
जन्मिएको बस्ती छुट्यो, अर्को पाउने हो कि होइन
बाले अन्तिम बाटो रोजे, म नि बाँच्ने हो कि होइन

