इतिहासको हाँसो पनि कति क्रूर हुन सक्छ
वर्तमानलाई छक्याएर अति निष्ठुर हुन सक्छ !
सभ्यताको सान मर्दा, सुगौलीको घाउ दुख्दा
शत्रुको शिलालेखमा स्वाभिमानको शिर झुक्दा
पराइको दाउमा कतै इतिहासको पाना जले
मातृकोखको इतिहास पनि कति क्रूर हुन सक्छ
इतिहासको हाँसो पनि अति निष्ठुर हुन सक्छ !
दशगजाको सीमा–खाँबो आहुतिको आधार थियो
मेटाएर नमेटिने इतिहासको धार थियो !
सहिदकी आमाले पखालेको सिउँदो कतै
इतिहासको धार बदल्ने प्रण निष्ठुर हुन सक्छ ।

