साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

गीत : घोचेर हैन, सोचेर बोलौँ

गीत : घोचेर हैन, सोचेर बोलौँ

घोचेर हैन, सोचेर बोलौँ

मनको ढोका खोलेर बोलौँ ।

कतै बिर्से पनि बोल्नेले

बिर्सिँदैन, याद गर्छ सुन्नेले

घोचेर हैन, सोचेर बोलौँ

अलिकति मिठास घोलेर बोलौँ ।

पीडालाई शब्दले कोर्न सकिँदैन

आँसुको मूल्य त तिर्न सकिँदैन ।

मनको अठोट पढ्न सकिँदैन

दुःख र हार सधैँ छेक्न सकिँदैन

घोचेर हैन, सोचेर बोलौँ

अलिकति मिठास घोलेर बोलौँ ।

शब्दले मुटु जोड्न पनि सक्छ

शब्दले मुटु तोड्न पनि सक्छ ।

समयको चक्र कसले देख्छ ?

बोलेकै शब्दले भाग्य लेख्छ

रिसको झोँकमा मुख नखोलौँ

शब्द तीर हुन् मनमै लाग्छन्

अबदेखि सधैँ सोचेरै बोलौँ

घोचेर हैन, सोचेर बोलौँ

अलिकति मिठास घोलेर बोलौँ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.