साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : दिलको छेउ रेटिदियौ

गीत : दिलको छेउ रेटिदियौ

निको हुन्थ्यो होला बरु, अन्त कतै काट्या भए

दिलको छेउ रेटिदियौ, अब के ले निको पारौ ।

लैजाऊ मलाई तिम्रै देशमा भनी–भनी हात दियौ

जीवनभरि साथ दिन्छु भनी फेरि मुटु साट्यौ ।

मन दुखेको भए बरु दिल खोलेर भने हुन्थ्यो

छुटिएर आज फेरि क्षितिजभन्दा टाढा गयौ ।

टुक्राएर मुटु बरु अचानोमा काटे हुन्थ्यो

टुक्राइदियौ मनै आज के ले जोड्नु, के ले गाँस्नु हो ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.