साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : चेलीको पीडा

गीत : चेलीको पीडा

माइतीघर के छ र मेरो ?

खाइयो पानी, बिर्सियो पँधेरो ।

बस्नलाई त दिएनौ क्यारे

दैलामाथि फोटो छ, त्यही हेरेँ ।

साना भए ती स्कुले जामा

छैनन् अब ती प्यारा बाउआमा ।

बाउआमाले छोडेर गएपछि

दाजुभाइ नि पराइ भएपछि ।

माइतीघरको त्यो पुरानो झोला

फेरि हेर्न होला कि नहोला ?

माइतीघर लाग्दथ्यो राम्रो

अहिले किन भएछ झन् चाम्रो ?

डढेलोले खाएको त्यो वन

पलाएन दुखेको यो मन ।

बिहेपछि छुटेको माइती

नौलो गाउँ, फेरिए सारथी ।

बारीभरि फुलेछ प्याउली

माइती गाउँमा कराउँछ न्याउली ।

माइतीघर छोड्ने नै चलन

छोडी आएँ, तैपनि जलन ?

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.