साहित्यपोस्ट डट कम

गीत : भुईँकुहिरोको बस्तीभित्र

गीत : भुईँकुहिरोको बस्तीभित्र

भुईँमान्छेको धरा छैन, इतिहासको जरा छैन

बास उठ्दा, बस्ती उठ्दा, दुखियाको सहारा छैन !!

भुईँकुहिरोको बस्तीभित्र, नियतिको घोडा कुद्‍दा

साना–साना बचेराको आँखामा सपना मर्दा

मध्यरातमा हुरी चल्दा, बलात्कारको हुँकार छुट्दा

न्यायको लडाइँ लड्ने, छोरी छैन ! छोरा छैन

भुईँकुहिरोको बस्तीभित्र इतिहासको जरा छैन ।

कति बस्छौ ? अझै पनि, अत्याचारको साक्षी बनी

इतिहासले धिक्कार्ने छ, कातर र लाछी भनी

बहिनीको लासमाथि! अन्यायको सङ्गीन पर्दा

तातो खुन बगाई लड्ने छोरी छैन, छोरा छैन

इतिहासको धार बदल्ने, वीरताको जरा छैन !!

ट्याग: वेदिका
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.