औसत बुद्धिलाई कसले पो गन्दछ ?
ज्ञानको बाटो कसले पो खोल्दछ ?
बुद्धि होइन यहाँ, धन ठुलो मानिन्छ
कर्म होइन ठगी, चुलो त्यसैले बालिन्छ ।
कि त असाध्यै धनवान् हुनुपर्छ
कि त रूपकै भगवान् हुनुपर्छ
औसत बुद्धिलाई कसले पो गन्दछ ?
ज्ञानको बाटो कसले पो खोल्दछ ?
पानीको मूल नभए, कुलो कहाँ बग्छ ?
भ्रममै बाँचेको मन, आफैँसँगै ठग्छ ।
कि त शरीरले बलवान् हुनुपर्छ
कि त कसैको हनुमान् हुनुपर्छ
औसत बुद्धिलाई कसले पो गन्दछ ?
ज्ञानको बाटो कसले पो खोल्दछ ?
मनकारी भए त बाटो आफैँ खुल्छ
नभए बोलेका शब्द समयसँगै झुल्छ ।
कि त भविष्यको होनहार हुनुपर्छ
कि त चम्किलो अनुहार हुनुपर्छ
औसत बुद्धिलाई कसले पो सुन्ला ?
तर्क र बुद्धिले कसले पो गुन्ला ?
एक दिन आवाज हाम्रो दुनियाँले सुन्ला ।

