साहित्यपोस्ट डट कम

गीत : आफ्नै सम्झी आउनू

गीत : आफ्नै सम्झी आउनू

कल्पनाको तिमीलाई

कस्तो साइनो लाउनु

खुलै हुन्छ मनको ढोका

आफ्नै सम्झी आउनू ।

भोगाइका तितामिठा

गीत गुनगुनाउँला

दुःख–पीडा बिर्सिएर

साथै मुस्कुराउँला ।

टाढा भए भूगोलमा

मनको नजिक आउनू

सम्बन्ध त बनाउँला

आफ्नै सम्झी आउनू ।

कति चर्को हुँदो रहेछ

मनभित्रको प्यास

अरूलाई पन्छाएर

दिएँ तिमीलाई बास ।

सँगै हिँड्ने छायालाई

कसो गरी पाउनु ?

जीवनका बात गरौँला

आफ्नै सम्झी आउनू ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.