साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : आँसु नै साथी भो

गीत : आँसु नै साथी भो

सुखमा रुन्छु दुःखमा रुन्छु आँसु नै साथी भो

मेरो जीवनका आशहरू एकादेशको कथा भो ।

बिना प्वाँख आकाश उडेको थिएँ त्यहाँ एक्लो भएँ

सधैँ कल्पनामा हराउँदा भीडमा एक्लै भएँ

रोएर होइन हाँसेर जीवन बिताउन गाह्रो भो

मेरो जीवनका आशा एकादेशको कथा भो ।

जे बोल्छु उल्टो हुन्छ भाग्यमा लेखेको रहेछ

सुख अनि दुःखमा पीडाले मुटु पोल्दो रहेछ

आँसुले भिजेको मान्छे दुःख मेरो साथी भो

मेरो जीवनका आशा एकादेशको कथा भो ।

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.