साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत: आखिर आफ्नै मुटुभित्र पाएँ

गीत: आखिर आफ्नै मुटुभित्र पाएँ

तिमीलाई खोज्न कति ठाउँ धाएँ

आखिर आफ्नै मुटुभित्र पाएँ ।

वसन्तहरूमा फूलभित्र खोजेँ

जुनेलीहरूमा जूनभित्र खोजेँ

घुम्टो उषाको उठाई चियाएँ

आखिर आफ्नै मुटुभित्र पाएँ।

षोडशीहरूका नजरभित्र खोजेँ

पन्छाउँदै बादल सगरभित्र खोजेँ

अनि इन्द्रेणीमा पनि दृष्टि लाएँ

आखिर आफ्नै मुटुभित्र पाएँ।

बैँसालु अधरका गीतभित्र खोजेँ

पातमा परेका शीतभित्र खोजेँ

तिमीलाई नदेख्दा खुबै छटपटाएँ

आखिर आफ्नै मुटुभित्र पाएँ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.