साहित्यपोस्ट-नपढी सुखै छैन...

गीत : आज तिम्रै गाउँमा छु

गीत : आज तिम्रै गाउँमा छु

भोलि कहाँ थाहा छैन, आज तिम्रै गाउँमा छु

घरदेखि अलि वर, काफल फल्ने ठाउँमा छु ।

लेक थियो, वन थियो, बाँदर लड्ने भीर थियो

सुनाखरी फुल्ने पाखा तिम्रै घरनेर थियो ।

गोरेटोमा सजिएको पिँढी पोत्ने माटो थियो

आँगनमा ढिकी थियो, मझेरीमा जातो थियो ।

भोलि कहाँ थाहा छैन, आज तिम्रै गाउँमा छु

घरदेखि अलि वर, काफल फल्ने ठाउँमा छु ।

आएका छन् यादहरू आँखाभरि, मनभरि

पढ्ने स्कुल टाढा थियो, जान्नुपर्थ्यो खोला तरी ।

बसाइँ सर्दै गए सबै, अनि गाउँ रित्तो भयो

गन्ने झारले बाटो छेक्यो, घर पनि भित्तो भयो ।

भोलि कहाँ थाहा छैन, आज तिम्रै गाउँमा छु

घरदेखि अलि वर, काफल फल्ने ठाउँमा छु ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.