साहित्यपोस्ट डट कम

गजल : याद मेलापातको

गजल : याद मेलापातको

आज पनि बेस्सरी याद आउँछ मेलापातको

तिम्रो मसितको आकर्षण अनि असीम साथको ।

हामी दिनहुँ जाने गरेको त्यो भञ्ज्याङको जङ्गल

ती हरिया सल्ले रूख र झरेका सुनौला पातको ।

अझै याद ताजा छ यो मानसपटलमा मेरो

आकाशमा तारा गनेर बितेका उजेली रातको ।

तिमीले गरेका योगदान यो घरका लागि

अझै याद ताजा छ त्यो जिम्मेवारी काँधको ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.