सुतिरहेर हुँदैन गोर्खे हो अब उठ्ने दिन आएको छ
थिचोमिचो हुँदैछ जातिमाथि बुझ्ने दिन आएको छ ।
जे पायो त्यसमै रमायो प्रवृत्तिको थियो हाम्रो जाति
तर अब हक माग्नका निम्ति भुक्ने दिन आएको छ ।
झुठो आश्वासन दिएर भोट लानेले गर्न सकेनन् केही
फुटेर हैन जुटेर सबै राजधानी पुग्ने दिन आएको छ ।
दिनहुँ धर्मान्तरण भइरहेछ हाम्रा चेलीबेटीहरूको
लभ जिहादीलाई सबै मिलेर कुट्ने दिन आएको छ ।
रूढिवादी हुनाले हाम्रो जातिको उन्नति नभएको
ढुङ्गा हैन अब नवीनतालाई पुज्ने दिन आएको छ ।
हामीले बनाएको सागरबाट मोती अरूले नै लाँदैछ
मोती पाउन त्यहाँ हामी पनि डुब्ने दिन आएको छ ।


