साहित्यपोस्ट डट कम

गजल : उडी चन्द्र छुन्छन्

गजल : उडी चन्द्र छुन्छन्

उडी चन्द्र छुन्छन् यिनै सादगीले

बुझी मर्म सुन्छन् यिनै सादगीले ।

सिँगारी कलाले धरोधाम जम्मै

मिलाएर तुन्छन् यिनै सादगीले ।

न लोभी न पापी, बडो उच्च जीवन

अरू झैँ न रुन्छन् यिनै सादगीले ।

उषासँग उठ्छन् निशासँग सुत्छन्

नयाँ सोच बुन्छन् यिनै सादगीले ।

पुर्‍याउन उज्यालो कुनाकन्दरामा

सधैँ दिव्य गुन्छन् यिनै सादगीले ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.