साहित्यपोस्ट डट कम

गजल : ऊ आउँदैछ

गजल : ऊ आउँदैछ

ऊ आउँदैछ मित्र के छल लिएर आयो

फेरि फसाउन कुन खाडल लिएर आयो ।

हिजो घर, आँगन, खेत, बारी नापेर गयो

आज गरिबलाई राहत चामल लिएर आयो ।

जसले मेरो घरमा आगो झोसेर गयो

हेर्नुस् न ! उही दमकल लिएर आयो ।

उसले पानी भन्दै मरेका बाको किरिया गर्‍यो

आत्मा शान्ति पार्न गङ्गाजल लिएर आयो ।

भन्थे समय सबको आउँछ भन्नेहरूले

साँच्चै हो रहेछ पीडा डबल लिएर आयो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.