साहित्यपोस्ट डट कम

गजल : तिमीलाई के भो र

गजल : तिमीलाई के भो र

ठिक छ, म यसैमा रमाउँला के भो र

अभावमा जीवन जमाउँला के भो र ।

तिमी सुन्दर तरिकाले चल्नु

म घृणामै पनि शान्त रहौँला के भो र ।

अठोट छ, हल्का भए पनि सङ्घर्ष छ

म यसैमा खुसीको उत्सव मनाउँला के भो र ।

संस्कारको होडबाजीमा छु, म आफैँमा परिचित छु

तिमीलाई यो कुरा पच्दैन त के भो र ।

न त म बाटो फेरूँला, न त तिमीजस्तो अहङ्कारी बनूँला

म आफैँमा एउटा सिधा गन्तव्य छु, तिमीलाई के भो र ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.