साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : तिमी सपना

गजल : तिमी सपना

तिमी सपनाको झुपडी जलाएर किन गयौ ?

बीच बाटोमै यति चाँडै फसाएर किन गयौ ?

सपना बुनेर सपना बोकी आउँछु भनेर

आज सपनाकै सहरमा हराएर किन गयौ ?

तिम्रै खुसी साट्न आफ्नै खुसी दाउमा राखेँ

आफू खुसीको दरबार बस्न सताएर किन गयौ ?

चौतारीमा बसेर बाटो कुरिरहँदा डुब्यो घाम

व्यर्थै आउँछु भनेर दिउँसै बहकाएर किन गयौ ?

दिलमा तिमीले अर्कैलाई सजाउनु थियो भने

आखिर मलाई अँगालोमा सजाएर किन गयौ ?

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.