साहित्यपोस्ट डट कम

गजल : तपाईँ सक्नुहुन्न प्रेम गर्न

गजल : तपाईँ सक्नुहुन्न प्रेम गर्न

तपाईँ सक्नुहुन्न प्रेम गर्न, मन आँटिलो चाहिन्छ

बिछोडको पीडा सहन, मुटु दरिलो चाहिन्छ ।

बाछिटा पर्न सक्छ मैसाब, छुने चेष्टा नगर्नुस्

म कमल हूँ, मलाई फुल्न पनि हिलो चाहिन्छ ।

बुहारीले घर बिगारी बिन्ती नभन्नुस् आमा

सर्वप्रथम हजुरकै छोरो गतिलो चाहिन्छ ।

‘भोक लागे पानी खा’ भन्नुहुन्छ मालिक हजुर

भोक नलाग्न ‘पानी’ पनि त आडिलो चाहिन्छ ।

मलाई भित्ता सम्झेर टाँस्नुभयो झुन्ड्याउनुभयो

यतिले मात्रै दुखिनँ म, काँटी पेचिलो चाहिन्छ ।

साझा गर्नुहोस्:
कवीन्द्र लम्साल

लेखकको बारेमा

कवीन्द्र लम्साल

गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा जन्मनु भएका कवीन्द्र लम्साल पेसाले निजामती कर्मचारी हुनुहुन्छ। अङ्ग्रेजी र अर्थशास्त्रबाट स्नातक उत्तीर्ण गर्नुभएका उहाँ नेपाली भाषाप्रेमी हुनुहुन्छ। अनौपचारिक रूपमा लामै समयदेखि नेपाली लेखन शुद्धीकरण अभियानमा संलग्न रहनु भएका उहाँ २०७७ सालदेखि औपचारिक रूपमा यस अभियानमा लाग्नु भएको हो ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.