साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : थकान पाएपछि

गजल : थकान पाएपछि

पुग्न बिर्सिन्छ थकान पाएपछि
बैगुन सँगै गयो वरदान पाएपछि ।

भिख मागुँला पथिक भिक्षु बनी
पत्थरमा बस्ने भगवान पाएपछि ।

कठघरामा साक्षी बस्छ बेइमानी
इजलासमा आफैँ इमान पाएपछि।

फुटपाथमा न्याय किन्न बस्नु छ
तुजुकी बेच्ने संविधान पाएपछि ।

थरीथरीका मुस्कान राखिदिनु
बोतल बेचिने दोकान पाएपछि।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.