साहित्यपोस्ट डट कम

गजल : सुन्दर जाजरकोट

गजल : सुन्दर जाजरकोट

कुशे पाटनका चउरहरूमा, स्वर्गीय संसार छ

बारेकोटका खर्कहरूमा, प्रकृतिको भण्डार छ।

मालिकामा शिर झुक्छन्, चुलाकोट र मछाइनाकी

भेरी अनि नलगाडमा, शीतलताको सञ्चार छ।

सुसेली सुन्छन् दुई भेरीको, रिम्नाका ती मान्छेहरू

सङ्गमभित्रै दुई नदीको, सभ्यताको आधार छ।

उभिएको छ इतिहास बोकी, जाजरकोट दरबार यो

जुनीचाँदे शिवालयमा, छुट्टै एउटा सार छ।

थिलथिलो पारे नि बस्ती, भूकम्पको केन्द्रले

उठ्ने हिम्मत र साहसको, यहाँ ठूलो सत्कार छ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.