मनको खेल जब हुन्छ मतिसँग
साथी म हार्नु पर्छ श्रीमतीसँग ।
आमा ! तिम्रै वीरताले जन्मेको हुँ म
डराउनु पर्दैन मलाई वीरगतिसँग ।
माया लगानी गर्छु, ब्याज आउँछ
किन डाह गर्छौ मेरो सम्पत्तिसँग ?
एक अवसर देऊ देश! म आउँछु
हैन भने क्षमाप्रार्थी छु सन्ततिसँग ।
मनको घाउलाई मायाको मलम चाहिन्छ
निको हुन्न बजारका ओखतीसँग ।
मरेपछि के लान्छौ ? दिएनन् जवाफ
सवाल यो सोधेँ ‘मै हुँ’ भन्ने जतिसँग ।

