साहित्यपोस्ट डट कम

गजल : सानो छँदा

गजल : सानो छँदा

बच्चाले बा–आमा भनेर भन्ने त सानो छँदा न हो

पाल्छु टारी खेत खनेर भन्ने त सानो छँदा न हो ।

आजकल बा–आमाको आँसु र वृद्धाश्रमको ठेगाना छ

पाउको महिमा रोएर भन्ने त सानो छँदा न हो ।

छोरो टारीको खेत धितो राखी विदेश पलायन भएको छ

पाल्छु आफ्नो श्रम बेचेर भन्ने त सानो छँदा न हो ।

उता सपनामा बर्बराउँछ डलर हातमा गन्दै एक, दुई…

चकलेट खाने पैसा गनेर भन्ने त सानो छँदा न हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.