राम्रो हुँदा वाहवाही, भार स्वीकार छ
बिग्रिँदा म कारबाही, भार स्वीकार छ ।
सङ्गत सधैँ सही हुँदैन, नसोचेरै मित्रता
पराई गल्ती भरपाई, भार स्वीकार छ ।
बेग्रल्ती गल्ती गर्ने आदत पालेको छु
खुद मेरै लापरबाही, भार स्वीकार छ ।
थाम्न सक्छु र पो निम्त्याइदिन्छु समस्या
झिनो कसैको बेवफाई, भार स्वीकार छ ।
मेरै रोग मैले पालेको, मैले एक्स–रे गर्या
सजिलो रोगको दबाइ, भार स्वीकार छ ।

