जिन्दगी बगरजस्तो रहर पानी भएको छ
सपना छन् ठूला–ठूला मन खरानी भएको छ ।
गल्ती भयो भनेर माफी त माग्यौ तिमीले
माफी दिउँला मेरो पो नोक्सानी भएको छ ।
कसरी भन्न सक्छौ केही फरक पर्दैन भनेर ?
तिम्रो कुराले मलाई कति धेरै हानि भएको छ ।
कसैको मुख छेक्न नसके पनि कान थुन्न सक्छु
कुरा काट्नेहरूका लागि बाटो यो जवानी भएको छ ।
तिमी त के अब जिन्दगीले नै दिए पनि
हाँसी–हाँसी चोट सहने बानी भएको छ ।


