साहित्यपोस्ट डट कम

गजल: पक्कै पनि होला

गजल: पक्कै पनि होला

मलाई पनि त प्यार, पक्कै पनि होला

आफ्नै छुट्टै संसार, पक्कै पनि होला ।

फरार छिन् रे अचेल, मेरो दिल चोरेर

यसपालि त गिरफ्तार, पक्कै पनि होला ।

अन्धा-बहिरा छन् रे, सत्तामा बसेका

एक दिन सुन्ने सरकार, पक्कै पनि होला ।

बेहुली बनाउने यति, विघ्न सुन्दरीलाई

मेरो सपना साकार, पक्कै पनि होला ।

साहस गरी प्रस्ताव, मैले पठाएकै छु

यसपालि त स्वीकार, पक्कै पनि होला ।

मलाई पनि त प्यार, पक्कै पनि होला

आफ्नै छुट्टै संसार, पक्कै पनि होला ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.