साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : नयनभित्र आँसु

गजल : नयनभित्र आँसु

नयनभित्र आँसु जम्यो ताल रारा
तिमी मार्न आऊ डुबुल्की पियारा ।

छ डुङ्गा नदीमाझमा तैरिएको
भरोसा छ तिम्रै लगाऊ किनारा ।

मिले भाइभाइ नमिल्दा पराई
दरो हुन्छ भ्रातृत्वमा भाइचारा ।

उडे भुर्र सन्तान संसार हेर्न
यता बाबुआमा भए बेसहारा ।

ठुला स्वप्न देख्ने कुनै चाह छैन
चले पुग्छ तिम्रो र मेरो गुजारा ।

 

साझा गर्नुहोस्:

प्रतिक्रिया र टिप्पणीका लागि लगइन चाहिन्छ।

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

टिप्पणीहरू

अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.