ठुलो हुन्न सानो नमस्कार गर्दा
पाथी होस् न मानो नमस्कार गर्दा ।
उठून् हात हाम्रा बिनाभेदभाव
को आफ्नो बिरानो नमस्कार गर्दा ।
हुँदा नित्य संस्कारको पालनाले
भरी हुन्छ पानो नमस्कार गर्दा ।
दिई चोट बज्रिन्छ खुकुरी ममाथि
नठानोस् अचानो नमस्कार गर्दा ।
हुँदा भेट पहिलो बडो नम्रताले
चिनिन्छन् फलानो नमस्कार गर्दा ।



टिप्पणीहरू
अहिले कुनै टिप्पणी छैन। पहिलो टिप्पणी तपाईं नै गर्नुहोस्।