चलेकै हुन् तीर, नजरबाट
कस्तो देख्यौ तकदिर, नजरबाट ।
हेर्ने त, आफ्नो–आफ्नो दृष्टिकोण हो
कोही सम्म देख्छन् कोही भीर, नजरबाट ।
प्रेमको परिभाषा रहेछ फरक–फरक बजारमा
कसैको भगवान् त कसैको जञ्जीर, नजरबाट ।
कोही पुगे चन्द्रमामा त कोही भेटिन्छन् भट्टीमा
कोही छन् साधु यहाँ, कोही फकिर नजरबाट ।

