मृत्यु पर्खिरहेको मसानघाट उस्तै छ
तिम्रो मेरो माया साटासाट उस्तै छ ।
अन्तिम स्वीकृति माग्दैछु सादगीसँग
“हुन्छ मात्रै” भन, मेरो आँट उस्तै छ ।
हार्नेलाई यहाँ दोष लगाइन्छ सधैँ
जित्नेलाई समथर फाँट उस्तै छ ।
प्रेमले हिंसा मात्र किन रोज्छ सधैँ ?
खोजेर नपाउनेको मारकाट उस्तै छ।
समय त ‘स्क्रोल’ झैँ बित्दो रहेछ यहाँ
मेरो पनि अल्लारे ठाँट उस्तै छ ।

