साहित्यपोस्ट-नपढी सुखै छैन...

गजल : मृत्यु पर्खिरहेको

गजल : मृत्यु पर्खिरहेको

मृत्यु पर्खिरहेको मसानघाट उस्तै छ

तिम्रो मेरो माया साटासाट उस्तै छ ।

अन्तिम स्वीकृति माग्दैछु सादगीसँग

“हुन्छ मात्रै” भन, मेरो आँट उस्तै छ ।

हार्नेलाई यहाँ दोष लगाइन्छ सधैँ

जित्नेलाई समथर फाँट उस्तै छ ।

प्रेमले हिंसा मात्र किन रोज्छ सधैँ ?

खोजेर नपाउनेको मारकाट उस्तै छ।

समय त ‘स्क्रोल’ झैँ बित्दो रहेछ यहाँ

मेरो पनि अल्लारे ठाँट उस्तै छ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.